लस एञ्जलस । हलिउडका चर्चित अभिनेता जिन हृयाकम्यानको निधन भएको छ । उहाँकी पत्नी बेट्सी न्यू मेक्सिकोस्थित घरमा मृत फेला पर्नुभएको हो । जीन हृयाकम्यान ९५ वर्षका हुनुहुन्थ्यो । जिन र उहाँकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उहाँका फ्यानहरूमात्रै होइन सारा हलिउड स्तब्ध भएको छ । प्रहरीले मृत्यु कसरी भयो भनेर छानविन गरिरहेको बताएको छ । न्यू मेक्सिकोस्थित अभिनेताको घरमा दम्पतीमात्रै होइन उहाँहरूको कुकुर पनि मृत भेटिएको छ ।
सान्ता फे प्रहरीले द सनलाई मृत्युको पुष्टि गरेको हो । प्रहरीका अनुसार यी दुईबाहेक, अभिनेताको कुकुर पनि घटनास्थलमा मृत फेला परेको थियो । दशकौं लामो अभिनय जीवनमा जीन हृयाकम्यानले दुईवटा ओस्कार र दुई बाफ्टा अवार्ड प्राप्त गर्नुभएको थियो । हृयाकम्यानले २१ वर्षअघि अभिनयबाट सन्न्यास लिनुभएको थियो । डाक्टरहरूले स्वास्थ्यबारे चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा उहाँले अभिनय छाडनुभएको थियो । एजेन्सी ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच