मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

हिमालय टाइम्स

फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन प्रेरणा मिल्ने बताउनुभएको छ ।

उहाँले नेपाल बहुजाति बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यही विशेषताले नेपालीलाई सदियौँदेखि एकापसमा सहकार्य, समन्वय र बन्धुत्वको भावनाका साथ अघिबढ्न सहयोग पु¥याएको सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?