एजेन्सी । फेनेरबाचेका म्यानेजर जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध लगाइएको छ । सोमबारको खेलपछि दिएको टिप्पणीका लागि उहाँलाई जरिवाना पनि गरिएको हो । गालाटासारेले मोरिन्होलाई इस्तानबुल डर्बीपछि जातीय टिप्पणी गरेको आरोप लगाएको थियो । फेनेरबाचेले एक विज्ञप्ति जारी गर्दै उहाँका टिप्पणीहरू पूर्णरूपमा सन्दर्भबाट बाहिर निकालिएको दाबी गरेको थियो ।
सोमबार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो, जसको रेफ्री स्लोभेनियाका स्लाभ्को भिन्सिक हुनुहुन्थ्यो । दुवै क्लबले विदेशी रेफ्री राख्न अनुरोध गरेपछि उहाँलाई नियुक्त गरिएको थियो । तर, चौथो रेफ्री टर्कीका थिए, जसलाई लिएर मोरिन्होले आफ्नो पोष्ट-म्याच समाचार सम्मेलनमा टर्कीका रेफ्रीहरूमाथि आलोचना गर्नुभएको थियो ।
यसैगरी, ला लिगाका अध्यक्ष जेभियर तेबासले राज्य-नियन्त्रित कम्पनीहरूसँग सम्बन्धित नियम उल्लंघन गरेको आरोप लगाउँदै म्यानचेस्टर सिटीविरुद्ध युरोपियन आयोगमा उजुरी गर्नुभएको छ । उहाँका अनुसार हाल यो मुद्दा युरोपियन आयोगको अनुसन्धान चरणमा रहेको छ । युरोपियन आयोग युरोपियन संघको कार्यकारी निकाय हो, जसले सदस्य राष्ट्रहरूका लागि कानुन विकास र कार्यान्वयन गर्ने जिम्मेवारी लिन्छ ।
तेबासका अनुसार यो उजुरी सिटीको नियम छल्ने संरचनाको विषयमा केन्द्रित छ । ला लिगाले म्यानचेस्टर सिटीलाई इंग्लिस प्रतियोगिताहरू र च्याम्पियन्स लिगमा अन्य क्लबसँग असमान प्रतिस्पर्धात्मक लाभ मिलेको आरोप लगाएको छ । सिटीले तेबासका आरोपहरूमाथि कुनै टिप्पणी गरेको छैन, तर क्लब स्रोतहरूले यी आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर