जिउक्वान । चीनले लङ मार्च-२ सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चांग झेंग २सी (सीजेड-२सी) पी पनि भनिन्छ । दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो ।
उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ-१ ०३ र सिवेई गाओजिङ-१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरिएको थियो । यो लङ मार्च शृंखलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो । रासस/सिन्हृवा ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र