काठमाडौं । बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने सर्वोच्च अदालतको फैसलाले उत्पन्न अन्योलताबीच बैंकिङ क्षेत्रका कर्मचारी नेतृत्वले नेपाल बैंकर्स संघसँग छलफल गरेको छ । बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) का पदाधिकारीले संघका अध्यक्ष सन्तोष कोइरालासँग भेट गरी ट्रेड युनियन अधिकारबारे छलफल गरेका हुन् ।
सर्वोच्चले फागुन २ गते प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासबाट स्वावलम्बन लघुवित्तको मुद्दामा फैसला गर्दै वित्तीय क्षेत्रमा श्रम ऐन नलाग्ने निर्णय गरेको थियो ।
बैंकर्स संघका अध्यक्ष कोइरालाले बैंकहरूमा ट्रेड युनियनले कलेक्टिभ बार्गेनिङको अधिकार निरन्तर पाउने उल्लेख गरेको फियन राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिनुभयो । मंगलबार फियनले विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले बैंक तथा वित्तीय संस्थाको ट्रेड युनियन अधिकारबारे अन्योलता ल्याएको भन्दै तत्काल समाधान गरिदिन सरकारलाई आग्रह गरेको थियो । ट्रेड युनियन अधिकारका विषयमा अन्योल बढ्दै गए बैंकिङ क्षेत्रका कर्मचारीको श्रम अधिकारमाथि असर पर्ने फियनको भनाइ थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं