म लङ्गुरे बाँदर हुँ । म बाँदरै हुँ तर म अरू बाँदरभन्दा भिन्न हुन्छु । मलाई बोलिचालीमा ढेडु पनि भन्ने गरिन्छ । मेरो शरीरको रङ सेतो हुन्छ र अनुहार कालो हुन्छ । टाउको मानिसले फेटा बाँधेको जस्तो देखिन्छ । मेरो वैज्ञानिक नाम semenopithecus entellus हो । मेरा खुट्टा लामा हुन्छन् । त्यसैले म चार खुट्टा टेकेर उभिँदा एक मिटर जति अग्लो हुन्छु ।
म शाकाहारी प्राणी हुँ । वनका फलफूल खाएर म बाँच्ने गर्छु । कहिलेकाहीँ म मानिसका बालिनाली र फलफूल पनि खाइदिने गर्छु । मेरो शरीरको लम्बाइ ७५ सेन्टिमिटर जति हुन्छ । मेरो पुच्छर भने निकै लामो हुन्छ । एक मिटरसम्म लामो पुच्छर हुने भएकैले मलाई लङ्गुरे बाँदर भनिएको हो । म मेरो यो लामो पुच्छरको उपयोग गरी एक रूखबाट अर्को रूखमा जान सक्छु । यसै गरी रूखका हाँगामा पुच्छर बेरेर तल टाउको पारी पिङ खेले झैँ हल्लिँदै र स्थिर भएर पनि म लामो समयसम्म बस्न सक्छु । मेरो शरीरको तौल २५ किलोग्रामसम्मको हुन्छ तर मेरो पोथी भने मभन्दा अलिक सानो हुन्छ । उसको तौल २० किलोग्राम जतिको हुन्छ ।
म श्रीलङ्का, बङ्गलादेश, चिन, भारत, नेपाल पाकिस्तान आदि मुलुकहरूमा पाइन्छु । म नेपालका तराईदेखि तीन हजार सात सय सत्तरी मिटरका उच्च पहाडी इलाकासम्ममा बसोबास गर्छु । म नेपालमा लोपोन्मुख प्राणी त होइन तर मेरो सङ्ख्या भने घट्तो क्रममा छ । मेरो सङ्ख्याका बारेमा राम्ररी अध्ययन पनि भएको छैन ।
म स्तनपायी प्राणी हुँ । मेरो पोथीले गर्भाधारण गरेका ६ महिनामा बच्चा पाउँछ । म बीस वर्ष जति बाँच्छु । म कम जोखिमपूर्ण र कम खतरायुक्त प्राणीका रूपमा सूचीकृत छु । वातावरणीय विनास, आहारको कमी र चोरी सिकारले गर्दा मेरो सङ्ख्यामा कमी आएको छ । मलाई पाल्नका लागि मानिसले जिउँदै समाउने र नरम र भुवादार छालाका लागि मार्ने गर्छन् । यसो नगरिएका खण्डमा म भविष्यसम्म संरक्षित हुन पाउँनेछु ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न