
काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कामनपा-३१ आलोक नगर समुदायसँग मिलेर मीनभवन, प्रिमियर कलेजमा बृहत् रक्तदान तथा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरहेको छ । नेपाल चलचित्र निर्देशक समाज स्थापनाको २५ वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउँदै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
आलोक नगर समुदायका बुद्धिजीवी, समाजसेवी, सामुदायक प्रहरी, प्रहरी बृत्त नयाँबानेश्वरका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थीलगायत आलोक नगरवासी र चलचित्रकर्मीहरूको बाक्लो उपस्तिथि रहेको थियो उक्त बृहत् रक्तदान कार्यक्रममा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र ३१ नम्बरका वडा अध्यक्ष सरोज ढकालको संयुक्त प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमका सभापतित्व निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।
कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खडका, ब्लड डोनर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, आलोक नगर समुदायका अध्यक्ष धुर्वराज पोखरेल, शोभा भगवती लोकेश्वर महादेव मन्दिरका अध्यक्ष बोधराज श्रेष्ठ, आलोक नगर टोल सुधार समितिका अध्यक्ष ढुण्डिराज पोखरेल, नेपाल आमा सेवाका अध्यक्ष देवी सुवेदी, विनायक समाजका अध्यक्ष कुमार श्रेष्ठ, नेपाल-भारत विश्वमैत्री संघका महासचिव किरणराज रेग्मी, प्रहरी बृत्त नयाँबानेश्वरका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रिमियर कलेजका प्रिन्सिपल छविलाल पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्र पञ्चकुमारिका प्रमुख बिना दाहाल, निर्देशक सम्झना उप्रेती रौनियार, रक्षासिंह राणा, रमेश कोइराला, पुकार भट्टराई, कलाकार गोपाल ढकाल छन्देलगायतको विशेष उपस्थिति थियो ।
विभिन्न संघसंस्थाको सहयोगमा आयोजित उक्त कार्यक्रममा रक्तदान सँगसँगै जागरण डेन्टल होमद्वारा निःशुल्क दन्त परीक्षण तथा उपचार गरिएको थियो । ३१ नम्बरका वडा अध्यक्ष ढकालले चलचित्र निर्देशकहरूको रचनात्मक कामहरूमा आफूहरूले सधैं सघाउने बताउनुभयो भने चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसीले निर्देशक समाजले रक्तदान जस्तो पवित्र कार्यको आयोजना गरेकोमा प्रसंशा गर्नुभयो ।
निर्देशक समाजले यस वर्षभरि नै रजत जयन्ती वर्ष मनाउने क्रममा यो दोस्रो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष जनकदीप पराजुलीले बताउनुभयो । यसअघि अघिल्लो हप्तामात्रै समाजले बृहत् चलचित्रकर्मी भेला तथा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रम निर्देशक समाजकोतर्फबाट सदस्य अमर ओली र आलोक नगर समुदायको तर्फबाट अध्यक्ष धुर्वराज पोखरेलले संयोजक हुनुहुन्थ्यो । कार्यक्रमका सञ्चालन संस्थाका महासचिव अरुण प्रधानले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच