
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र दृष्टि समूह(साइट ग्रुप)बीच विद्यालय तथा समुदायमा आधारित आँखा शिविर सञ्चालन सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले काभ्रेका पलाञ्चोक नगरपालिका र बाराको कोल्हभी नगरपालिकामा आँखा शिविर सञ्चालन गर्नेछ ।
प्रतिष्ठानका कार्यक्रमलाई सहजता प्रदान गर्न संयुक्त राष्ट्र संघका सेवानिवृत्त कर्मचारीहरूको एक समूहसाथ ग्राण्डी सामाजिक कोषको समेत सहभागितामा गठित दृष्टि समूहले कार्यक्रम संयोजन, तालिम गोष्ठी तथा केही उपकरणको सहयोग प्रदान गर्नेछ ।
ग्राण्डी सामाजिक कोष करिब एक दशकअघिदेखि पलाञ्चोक नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक विकासका लागि सक्रिय रही विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको सामाजिक संस्था हो ।
उल्लेखित दुई नगरपालिकामा अनुमानित वयस्क र विद्यार्थी गरी करिब ३५ सय संख्यामा आँखा परीक्षण गरिने र करिब एक सय ३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिने बताइएको छ । आवश्यकताअनुसार भविष्यमा थप शिविर पनि सञ्चालन गर्न प्रतिष्ठान र समूहबीच सहमति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच