काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आज (आइतबार)बाट सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्व मुसलमान धर्मावलम्बीहरूले उपवास गरी मनाउने गर्दछन् । उनीहरू बिहानैदेखि सूर्यास्त नभएसम्म पानी पनि पिउँदैनन् । बिहान ४ः१५ बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समयमा दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ । रमजानको महिनामा नै सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । यो महिनाभरी दान दिने, गरिब तथा दीनदुःखीको सेवा गर्ने प्रचलन छ ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को ‘सवान’ रमजान महिना नवौँ महिना हो । यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । ‘सवान’ महिना सकिनासाथ पहिलोपटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोअनुसार शनिबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् । हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछ । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो । बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हजमा विश्वास छ ।
रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच