
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २१ हजार बढी राष्ट्रिय परिचय पत्रका कार्ड लामो समयदेखि -याकमा नै थन्किएका छन् । छपाइ भएर आएका राष्ट्रिय परिचय पत्रका कार्ड लिन सेवाग्राही नआएपछि जिल्ला प्रशासन कार्यालयमा नै थन्किएका हुन् ।
सेवाग्राहीले राष्ट्रिय परिचय पत्रको फारम भरेको लामो समयसम्म पनि परिचय पत्र लिन नआएकाले २१ हजार पाँचसय परिचय पत्रका कार्ड वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका कम्प्यूटर अपरेटर विष्ण खत्रीले अहिलेसम्म २७ हजार राष्ट्रिय परिचय पत्र तयार भएकोमा पाँच हजारमात्र वितरण भएका र अरु कार्यालयमा नै थन्किएका बताउनुभयो । परिचय पत्र लिनका लागि सम्वन्धित व्यक्ति नै आउनु पर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको संख्या न्यून भएको उहाँको भनाइरहेको छ ।
राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्ति विदेशिएकाहरू विदेशिएका र जिल्लाभित्र नभएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । दुई चरणमा ३० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र आएकोमा पछिल्लो एक वर्षयता तीन हजार तीन सय जनाले मात्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले फारम भरेपछि विदेशिएका र जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएका बताउनुभयो । कार्यालयमा रहेका परिचयपत्रलाई स्थानीय तहसँग समन्वय गरी वडास्तरमै पुगेर वितरणका लागि आवश्यक पहले गरेको उहाँको भनाइ रहेको छ ।
“परिचयपत्र चाङ लाग्दा भण्डारण गर्नु परेको छ,आएकाको मोबाइल नम्बरमा सन्देश पठाइएको हुन्छ”, उहाँले भन्नुभयो “आवश्यक पर्ने र जिल्लाभित्र भएकाले अनुकूल समय मिलाएर परिचयपत्र लैजान आएका छन् ।”
म्याग्दीमा प्रशासन कार्यालयमै निःशुल्क राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्र आएको सूचना नपाएका कारण लिन अनाएको हुन सक्ने भएकाले पालिका र वडा कार्यालयमार्फत पनि सन्देश पठाइएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच