काठमाडौं । नेपाल-हिमालय एयरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रूफ अफ द वल्र्ड’ ल्हासाबीच साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । मार्च ३१ देखि सुरु हुने उक्त नयाँ रुटको उडानमार्फत् हिमालयले नेपाल र चीनबीचको हवाई सम्पर्क सुदृढ गर्ने लक्ष्य राखेको छ, जुन एयरलाइन्सका लागि एउटा महत्वपूर्ण कोशेढुंगा हुने हिमालयले जनाएको छ ।
हिमालयकाअनुसार काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एक उडान सञ्चालन गर्न लागिएको हो । प्रारम्भिक योजनाअनुसार काठमाडौं-ल्हासा उडान(एच ९७७४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा बिहान साढे आठ बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२ बजेर पाँच मिनेटमा ल्हासा गोङ्गर विमानस्थल पुग्नेछ । त्यसैगरी ल्हासा–पोखरा उडान(एच ९७३१) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१ मा १३ बजेर १५ मिनेटमा उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ बजेर ४५ मिनेटमा पोखरा अवतरण गर्नेछ ।
त्यस्तै, ऐतिहासिक पोखरा-ल्हासा उडान(एच ९७३२ं) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार बिहान आठ बजेट २० मिनेटमा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ बजेर पाँच मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी ल्हासा–काठमाडौं उडान(एच ९७७५) ले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार साढे १२ बजे प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२ बजेर पाँच मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।
हिमालयले यात्रुलाई गुणस्तरीय सेवा र सुरक्षित यात्रा अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाउँदै उक्त मार्गमा उडान शुभारम्भसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटक बढ्ने अपेक्षा गरेको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले भन्नुभयो, ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटक नेपालमा स्वागत गर्ने हो ।
हिमालयले सधैं चीनमा नयाँ-नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालन अघि बढाउँदै आएको छ । काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं सुरु गरिएको यस उडानले हाम्रो एयरलाइन्सको दुई राष्ट्रका नागरिक-नागरिकबीचको सम्बन्ध मजबुत बनाउने, पर्यटन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानमा यात्रुलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरसँग जोड्न तत्पर छौं ।’







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई