काठमाडौं । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा विराट कोहलीले सवाधिक ८४ रन बनाउनुभयो । त्यस्तै श्रेयस अय्यरले ४५ रन केएल राहुलले ४२ बनाउनु भयो । भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८,२८ रन बनाउनुभएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाउनुभयो भने एलेक्स केरीले ६१ रन बनाउनुभएको थियो। त्यस्तै ट्राभिस हेडले ३९ रन बनाउनुभयो ।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिनुभयो । वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २,२ विकेट लिँदा हार्दिक पाण्डेय र अक्षर पटेलले एक एक विकेट लिनुभयो ।
अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच