
रुपन्देही । नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले कार्य सम्पादनमा सरकारले दिएको शुन्य नम्बरले आफूलाई कुनै मान्यता नराख्ने बताउनु भयो। ‘मलाई शुन्य दिए पनि सय दिएपनि मान्यता राख्दैन ।’ घिसिङले भन्नुभयो, ’हामी सबै राष्ट्रिय जिम्मेवारी लिएर काम गरेका छौं । अन्तिम मिनेटसम्म पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले बुधबार आयोजना गरेको स्थानीय तहहरुलाई सम्मान कार्यक्रममा बोल्दै घिसिङले विद्युत प्राधिकरण पनि सरकारी अंगनै भएको उल्लेख गर्नुभयो।
सरकारले हालै मात्र सार्वजनिक गरेको कार्यमुल्यांकनमा उहाँलाई दिइएको शुन्य नम्बरको बारेमा उल्लेख गर्दै उहाँले आफू पदमा रहँदाको अन्तिम मिनेटसम्म पनि काम गर्ने बताउनु भयो । सरकारलाई पटक–पटक स्पष्टिकरण समेत दिनु परेको उल्ल्ख गर्दै उहाँले जति स्पष्टीकरण दिनुपरे पनि काम गर्ने कुरामा आफूलाई फरक नपर्ने उल्लेख गर्नुभयो ।
प्राधिकरणमा आफू आउनुअघि मुलुक लोडसेडिङको अवस्थामा रहनुका साथै विद्युत वितरण समेत सबै ठाउँमा नपुगेको अवस्थाबाट हाल ९९ प्रतिशत घरमा विद्युत सेवा बिस्तार गर्न सफल भएको र लोडसेडिङ अन्त्य गर्न सफल भएको घिसिङले बताउनु भयो।
प्राधिकरणले अब स्मार्ट मिटरको कार्यक्रमलाई अघि बढाउने योजना अघि सारेको उल्लेख गर्नुभयो । ‘शहरी क्षेत्रमा सुधार, ग्रामिण क्षेत्रमा बिस्तार’ भन्ने नाराकासाथ काम गरिरहेको बताउँदै घिसिङले कुनै पनि घर बत्तिविहिन नहुने बताउनु भयो ।
यसैगरी कृषि तथा पशुपालनका लागि अनुदान तथा छुटमा विद्युत उपलब्ध गराउने विषयमा योजना बनाउनु पर्ने उहाँको भनाइ थियो । । घर–घरमा विद्युत पुगिसकेको बताउँदै उहाँले अब कृषि र पशुपालनतर्फ खेतबारीमा समेत विद्युत पुर्याउनु पर्ने उल्लेख गर्नु भयो ।
विद्युतीय सेवाको सुधारलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै उहाले आगामी २०५० सम्म कति लोड बढ्छ सो बारे अध्ययन गरी योजना निर्माण गर्नेतर्फ प्राधिकरण लागिरहेको बताउनु भयो । विद्युतको प्रयोगलाई वृद्धि गर्नका लागि प्राधिकरणले विद्युतीय चार्जिङ स्टेशन स्थापनाका लागि ६० प्रतिशत अनुदान तथा ट्रान्सफर्मरको व्यवस्था गररहेको उल्लेख गर्दै हालसम्म १ हजार स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा आएको र देशभर अझै ८ हजार स्थानमा स्थापन गर्ने लक्ष्य रहेको उल्लेख गर्नु भयो ।
मुलुकमा विद्युतीय गाडी निर्यात तथा इन्डेक्सन चुलाको प्रयोग बढ्दै गएको बताउँदै उहाँले गुणस्तरीय विद्युत सेवालाई ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सडक महशुल बुझाउने १७ वटा स्थानीय सरकारलाई सम्मान गरिएको थियो । समयमा सडक बत्तिको महशुल बुझाउने पालिकाहरुमा रुपन्देहीको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका विभिन्न जिल्लाका पालिकाहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिका प्रमुख मोहम्मद इस्तियाक खाँ, सुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल लगायतले बोल्दै प्राधिकरणले कृषि, मत्स्य तथा पशुपालनका क्षेत्रमा विद्युत महशुल छुट गरिनु पर्ने माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच