
काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । सुदीप भूपाल सिंहको निर्देशन रहेको चलचित्रको टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढाबलाई समेटेको छ । टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ ।
अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यो चलचित्रमार्फत निर्देशक सिंह सात वर्षपछि निर्देशन फर्किनुभएको हो । यसअघि उहाँले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गर्नुभएको थियो ।
फिल्म रेन्जको ब्यानरमा बनेको यो चलचित्रमा लक्ष्मीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, उत्तम केसी, रामबाबु रेग्मी, रश्मी भट्ट, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मालगायतका कलाकारलको अभिनय छ । निर्देशक सिंहकै लेखन रहेको यो चलचित्रलाई रुवि सेन सिंहले निर्माण गर्नुभएको हो ।
सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौमा छायांकन गरिएको हो । चलचित्रका गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच