काठमाडौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले हालसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । बालाजुस्थित मनकामना ट्रेड लिंकमा एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ । जहाँ ग्राहकले आफ्नो साधन अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सचेन्ज मेलामा ग्राहकले मात्र नागरिकताका आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै अन-द-स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिसाथ बाइक खरिद गर्न सकिनेछ भने मेलामा ग्राहकले सात हजारसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसरिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिने बताइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…