ताप्लेजुङ । माछापोखरी हिटी गोल्डकप यही आइतबार फागुन २५ देखि हुने भएको छ । आयोजक माछापोखरी हिटी क्लब चाँगेद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पाँच दिनसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटन खेल माछापोखरी हिटी क्लब र मरिक फुटबल क्लब धरानबीच हुनेछ । २६ गते लालीमा क्लब ताप्लेजुङ र जिल्ला फुटबल संघ संखुवासभाबीच हुनेछ भने २७ गते भने सम्दु एफसी तेह्रथुम र वाईवाई पाँचथर तथा डाँडाबजार फुटबल क्लब धनकुटा र न्युस्टार क्लब झापाबीच हुने आयोजकले जनाएका छन् ।
फाइनल खेल फागुन २९ गते हुनेछ । हरेक दिन दिउँसो २ बजेदेखि आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने क्लबका अध्यक्ष दिलकुमार लिम्बू (दिलिप) ले जानकारी दिनुभयो । विजेताले तीन लाख र उपविजेताले एक लाख ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर