काठमाडौँ । जिल्ला अदालत काठमाडौँले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।
वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल रहेको अदालतले व्याख्या गरेका छ ।
जनता टाइम्स अनलाइमा प्रकाशित समाचारका विषयलाई लिएर अध्यक्ष बस्नेतमाथि उक्त मुद्दा दायर गरिएको थियोे । अदालतले सोही मुद्दाका अर्का प्रतिवादी गणेश विकको हकमा भने पछि सजाय निर्धारण हुनेगरी कसुरदार ठहर्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच