काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिनबाट कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकार बनाउने योजना भएको खुलासा गर्नुभएको छ ।
संसदीय मामिला पत्रकार समाजले राष्ट्रियसभाको औचित्यका विषयमा राखेको छलफलका क्रममा नेता सिटौलाले यस्तो खुलासा गर्नुभएको हो । नेता सिटौलाले त्यो बेला 'प्रचण्ड' लाई आफूहरुले 'अब दुई महिनामै प्रधानमन्त्रीबाट फालिदिन्छाैँ' भनेर जानकारी समेत गराएर हिँडेकाे समेत स्मरण गर्नुभयो ।
हालका गृहमन्त्री रमेश लेखक र आफूले प्रचण्डलाई भेटेर 'अब हामी ओलीसँग मिलेर सरकार बनाउँछौँ, तपाईंलाई दुई महिनामा प्रधानमन्त्रीबाट फालिदिन्छौँ ।' भनेको बताउनु भयो ।
नयाँ सरकार गठनमा एमाले-कांग्रेसबीच रातारात सहमति भयाे, के भयो भन्ने हल्ला बेकार मात्र भएकाे बताउँदै उहाँले हस्ताक्षर कहाँ भयो र कुन समयमा भयो भन्ने प्राविधिक कुरा भएको बताउनु भयो ।
सिटौलाले आफूलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन कर गरेकै कारण राष्ट्रियसभा सदस्य लड्न तयार भएको बताउँदै गठबन्धन टुटेपछि परिणाम अर्कै भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच