एजेन्सी । ब्राजिलका पूर्वकप्तान नेयमार करिब १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किनुभएको छ । ३३ वर्षीय स्ट्राइकरलाई प्रशिक्षक डोरिवाल जुनियरले यस महिनाका विश्वकप छनोट खेलका लागि टोलीमा समावेश गर्नुभएको हो ।
अक्टोबर २०२३ मा एसिएल चोट बोकेको कारण उहाँ लामो समय मैदान बाहिर बस्नु भएको थियो । जनवरीमा उहाँले साउदी क्लब अल-हिलाल छोडेर आफ्नो बाल्यकालीन क्लब सान्तोससँग ६ महिनाको सम्झौता गर्नुभएको थियो ।
ब्राजिलले मार्च २० मा कोलम्बियासँग र मार्च २५ मा अर्जेन्टिनासँग खेल्ने तय छ । ब्राजिल हाल दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा छ । टोलीले मार्च २० मा कोलम्बियालाई घरेलु मैदानमा स्वागत गर्नेछन् र मार्च २५ मा अर्जेन्टिनालाई ब्युनस आयर्सको मोनुमेन्टल डे नुनेज स्टेडियममा चुनौती प्रस्तुत गर्नेछन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच