ललितपुर । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि टाइटल स्पोन्सर एनसेल आजियाटा लिमिटेडलाई बनाएको छ । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो ।
सन् २०२१ मा स्थापना भएको एनएसएलले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ ।
नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ ।
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीका अनुसार यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनेछ । बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ । त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर