वीरगञ्ज । मछिन्द्र क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्र क्लबले सहलेश युवा क्लब, सिरहालाई तीन-एक गोलअन्तरले हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
स्टेफन जेलीले खेलको १०औं मिनेटमा गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाउनुभएको थियो । जेलीले नै खेलको १३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहलेश युवा क्लबसँगको अग्रता दोब्बर बनाउनुभयो । यस्तै मछिन्द्र क्लबका आदित्य शाक्यले खेलको ६५औं मिनेटमा तेस्रो गोल गर्नुभयो । खेलको ९२औं मिनेटमा सहलेश युवा क्लबका तर्फबाट बेन ब्रहामिनले सान्त्वना गोल गर्नुएको थियो । उक्त खेलमा मछिन्द्रका स्टेफन जेलीले म्यान अफ दी म्याद घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । मछिन्द्रले आज (शनिबार) हुने फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ तथा उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर तथा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर