विवाहको उमेर घटाउने/नघटाउने भन्नेबारे आयोगले अध्ययन गर्छ : अध्यक्ष मगर

हिमालय टाइम्स
Tap Bahadur Magar
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनु भयो । तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिवद्धता अध्यक्ष मगरले जनाउनु भयो ।

सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिएपनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ । उहाँले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा अहिले जेण्डरबेस भायोलेन्सहरु देखिएको छ । बलात्कारका घटना भइरहेका छन् । यस्ता कुराहरु नियन्त्रण हुनुपर्‍यो । राज्यले यसमा ध्यान दिनुपर्‍यो । कसरी हुन्छ कन्ट्रोल गरेर अघि बढ्नुपर्ने अवस्था छ । आयोग यसमा लागिरहेको छ । सरकारलाई आग्रह गर्नेकुरा हामीले गरिरहेका छौँ । हामीले अनुगमन टोलीले अध्ययन गरेर सुझाव दिएका छौँ । समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ । विवाहको उमेर घटाउन सुझाव संकलन गरेर आएको छ । उमेर घटाउन नहुने भन्ने कुरा आएको छ । सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ ।’

उहाँले मातृ सुरक्षा र प्रजननसम्बन्धी कानूनबमोजिमको व्यवस्था लागू भएको वा नभएको अनुगमन गरेको र ५ मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्ण रुपमा भएको र अरु मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताउनु भयो । महिलाको हक अधिकार संरक्षण गर्न सबै एक हुनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज