काठमाडौं । स्रष्टा उषा केसीको उपन्यासकृति ‘हिउँफूल’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.दयाराम श्रेष्ठ तथा मञ्चासिन सबैले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लोकार्पित कृतिका सर्जक उषा केसीलाई संघले बधाईपत्र तथा मायाको चिनोसहित सम्मान अर्पण गरिएको थियो । सोही कार्यक्रममा साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषा केसीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कवि भैरवी भूगोलले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्हरूको बाक्लो उपस्थिति रहेको थियो । सर्जक केसीका यसअघि ‘उषाको प्रहर’ (मुक्तकसंग्रह-२०७७) र ‘माकुरी’ (मुक्तकसंग्रह-२०७९) प्रकाशित छन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…