सन्तानलाई गुणस्तरीय शिक्षा दिन लक्ष्मीको संर्घष

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीमा मकै पोलेर बेचिरहेकी लक्ष्मी बस्नेत ठकुरीलाई देख्दा जो कोहीले महशुस गर्न सक्छ, नारी संघर्षको । तर, यो केवल संघर्ष मात्रै होइन, यो आत्मसम्मान, आत्मनिर्भरता र परिवारप्रतिको दायित्व पनि हो ।

लक्ष्मी, गोलञ्जोर गाउँपालिका-३ वितिजोरकी स्थायी बासिन्दा हुनुहुन्छ । तर, जीवनयात्राले उहाँलाई हाल कमलामाई नगरपालिका-७ माझिटार ल्याई पुर्याएको छ । यहाँ उहाँले विपी राजमार्गको छेउमा व्यापार, व्यवसाय सुरु गर्नुभएको छ ।

सडक छेउको जमिनमा उहाँले बोरा ओछ्याएर मौसमअनुसारको तरकारी र फलफूल बेच्न राख्नु हुन्छ । साथै, मकै व्यवसायलाई पनि उहाँले अगाडी बढाउनु भएको छ ।

लक्ष्मीका छोराछोरी अहिले सिन्धुली माढी बजारस्थित बोर्डिङ स्कुलमा अध्ययन गर्छन् । गाउँबाट आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन सिन्धुली माडी आउनु भएको हो लक्ष्मी । तर, यहाँको खर्च व्यवस्थापन गर्न त्यति सजिलो थिएन, उहाँलाई । यही कठिनाइलाई चिर्न उहाँले सडक छेउमा बोरा विछ्याएर मौसमअनुसारको तरकारी र फलफूल बेच्न थाल्नुभयो ।

अहिले उहाँ हरियो मकै पोलेर पनि बेच्न थाल्नु भएको छ । ‘जे बढी बिक्छ, त्यहीबेच्न राख्छु,’उहाँले भन्नुभयो, “बजारको चहलपहल हेरेर व्यापार, व्यवसाय गर्नुपर्छ ।”

विपी राजमार्गमा यात्रुहरूको चहलपहल भइरहन्छ । तिनै यात्रुहरू लक्ष्मीको व्यापार, व्यवसायको मुख्य ग्राहक हुन् । उहाँले हरियो मकै प्रतिघोगा २० रूपैयाँमा बिक्री गर्नुहुन्छ भने आगोमा पोलेको मकै ३० रूपैयाँमा बेच्ने गर्नुभएको छ ।

दिनभरमा एकदेखि दुई सय घोगासम्म बिक्रीहुने उहाँले बताउनुभयो । भन्नुभयो, “कहिलेकाहीँ व्यापार राम्रैहुन्छ, कहिलेकाहीँ खालीहात पनि बस्नुपर्छ ।”

लक्ष्मीका लागि यो व्यवसाय केवल आम्दानीको स्रोत मात्र होइन, यो उहाँको आत्मसम्मानको प्रतीक पनि हो । एक गृहिणीका रूपमा मात्रै सीमित नरही उहाँ उद्यमशीलताको बाटोमा हिँडिरहनु भएको छ । “काम सानो ठूलो हुँदैन, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ,“ उहाँले दृढ विश्वासका साथ भन्नुभयो ।

सडक छेउमा व्यापार गर्न सजिलो छैन । कहिलेकाहीँ प्रशासनको  रोकतोक आउँछ, कहिलेकाहीँ मौसमले समस्या पार्छ । वर्षायाममा पानीले व्यापार गर्न गाह्रो हुन्छ, जाडोयाममा चिसो । सडकको धुलो, सवारीसाधन र यात्रुहरुको कोलाहलले दिक्दार लाग्छ । तर, यी सबै चुनौतीलाई पन्छाउँदै उहाँ निरन्तर आफ्नो कर्ममा लागिरहनु भएको छ ।

“परिस्थिति जस्तोसुकै भए पनि संर्घष गर्न छोड्नु हुँदैन,’लक्ष्मीले भन्नुभयो, “छोराछोरीलाई गुणस्तरीय शिक्षादिन यो संघर्ष गरिरहेकी छु ।”
लक्ष्मी त कथाको एक प्रतितिधि पात्र मात्रै हुनुहुन्छ । यस्ता संर्घषशील र प्रेरणादायी महिलाहरु धेरै छन्, जसको पसिना र परिश्रमले परिवारको रोजीरोटी चलेको छ । सन्तानले गुणस्तरीय शिक्षा प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए