झापा । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सत्ताको आँखाले चारैतिर देख्नु पर्ने बताउनु भएको छ । राजा वापस गर्ने दुरासयका साथ सडकमा राजावादीको भीड काठमाडौंमा केन्द्रित भएको भोलिपल्ट बैचारिक र प्रभाशाली नेता भण्डारीको त्यस्तो भनाइ सार्वजनिक भएको हो ।
भण्डारीको भनाइ सत्ता रुढ दल कांग्रेस-एमालेप्रति लक्षित भएको अनुमान गर्न कुनै कठिनाइ छैन । नेता भण्डारीले हरेक मानिसले समयलाई चिन्नुपर्ने, अनुभव र घटनाबाट पाठ सिक्नु पर्ने भन्दै सत्ता सञ्चालक र अग्रगामी दलका नेताहरूलाई सचेतसमेत गराउनु भएको छ । सत्ताको बागडोर सम्हालेकै राजनीतिक दलका नेताको अक्षमताले विगतमा प्रजातन्त्र मासिएको संकेत गर्दै नेता भण्डारीले हिजोको दृष्टान्तबाट पाठ सिक्न राजनीतिको दलको नेतृत्वलाई झक्झक्याउनु भएको हो ।
नेता भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ," मानिसले अनुभव र घटनाबाट सिक्नु पर्दछ ,समयलाई चिन्नु पर्दछ ,सत्ताको आँखाले चारैतिर देख्नु पर्दछ ।" वर्तमानमा सरकारको कार्यसम्पादनप्रति बेखुसी रहनु भएका भण्डारी जनसरोकार र समसामयिक विषयमा स्पष्ट धारण राख्ने छवि बनाएको नेता मानिनु हुन्छ ।
हरेक विषयबस्तु गहिरो चिरफार गर्ने क्षमता र राम्रो दखल राक्ने उहाँले सदन र सार्वजनिक कार्यक्रमप्रति सरकार र आफ्नै पार्टीका विथितिका बारेमा पनि टिप्पणी गर्दै आउनु भएको छ । भण्डारी कांग्रेसभित्र सुधारवादी नेता मानिनु हुनुहुन्छ ।
भण्डारीको आजको अभिव्यक्तिले पनि सरकार र गणतन्त्र पक्षधर नेताहरूको राजनीति अकर्मण्यताकै कारण सडकमा राजावादीहरुको भीड देखिएको संकेत गरेको छ । समग्र विथितिप्रति सुधार गर्न चुके नागरिक चुप लागेर नबस्ने भनाइ नेता भण्डारीले पटकपटक राख्दै आउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच