इजिप्ट र ट्युनिसियाका राष्ट्रपतिद्वारा प्यालेस्टिनीहरूको विस्थापन अस्वीकार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र ट्युनिसियाली समकक्षी कैस सईदले सोमवार प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने वा उनीहरूको उद्देश्यलाई कमजोर पार्ने उद्देश्यले गरिएको कुनैपनि प्रयास अस्वीकार गर्नुभएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार फोन वार्तामा नेताहरूले गाजापट्टीको अवस्थाको बारेमा छलफल गर्नुभयो । युद्धविराम कायम राख्न र मानवीय सहायता वितरणलाई सहज बनाउन इजिप्टको पहलहरूको समीक्षा गर्नुभयो । सईदले हालैको आपतकालीन अरब शिखर सम्मेलनमा सर्वसम्मतिले समर्थनका साथ अपनाइएको गाजाको लागि इजिप्टको पुनर्निर्माण योजनाको प्रशंसा गर्नुभयो ।

ट्युनिसियाली नेताले योजनाको लागि आफ्नो देशको समर्थनमा जोड दिनुभयो । त्यहाँका बासिन्दाहरूलाई विस्थापित नगरी गाजा पुनर्निर्माण गर्ने लक्ष्यलाई जोड दिनुपर्ने बताउनु भयो । दुवै राष्ट्रपतिहरूले पूर्वी जेरुसेलमलाई राजधानी बनाएर १९६७ को सीमानामा प्यालेस्टिनी राज्य स्थापना गर्नु नै दिगो क्षेत्रीय शान्तिको एकमात्र मार्ग रहेको कुरामा जोड दिनुभयो ।

उक्त वार्तामा लिबिया र सिरियाको विकासलाई पनि सम्बोधन गरिएको थियो । जसमा दुवै नेताहरूले यी राष्ट्रहरूको सम्पूर्ण क्षेत्रहरूमा स्थिरता, एकता र सार्वभौमिकताप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?