काठमाडौं । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाका १७५ खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भूपेन्द्र गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
सान्डा, ताइची र प्याटर्नमा गरी जम्मा ३९ स्पर्धामा खेल हुनेछ । सान्डामा १९, ताइचीमा चार र प्याटर्नको वेयर हृयाण्ड र वेपनमा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय निर्णायकसमेत रहनुभएका उपाध्यक्ष गुरुङको संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, विभिन्न उपसमिति पनि गठन गरिएको छ । प्राविधिकमा अन्तर्राष्ट्रिय निर्णायक एवं संघका महासचिव कमल मगर, स्वास्थ्यमा उपाध्यक्ष रमेश महर्जन, आर्थिकमा कोषाध्यक्ष सूर्य लामा, प्रचारप्रसारमा सदस्य राजदीश नेम्कुल र सांस्कृतिकमा सदस्य शेरबहादुर गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
प्याटर्न र ताइचीको प्रमुख निर्णायक मण्डलमा उपाध्यक्षद्वय गुरुङ र महर्जन तथा सान्डाको प्रमुख निर्णायक मण्डलमा संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राई र महासचिव मगर प्रमुख निर्णायक मण्डलमा रहनुभएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अध्यक्ष राईले जानकारी दिनुभयो । उपत्यकाबाहिरका खेलाडीलाई खाना, बसोबास र यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ । एकदिने प्रतियोगिताका खेलहरू चप्पल कारखानास्थित कुण्डलिनी रोयल्स बैंक्युटमा खेलाइनेछ । राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी फागुन २४ गते राष्ट्रिय रेफ्री सेमिनार पनि सञ्चालन गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच