
काठमाडौं । अभिनेता विराज भट्टले चलचित्र ‘राम नाम सत्य’मा अभिनय गर्ने हुनुभएको छ । विराजले सामाजिक सञ्जालमार्फत आफूले चलचित्र सम्झौता गरेको जानकारी गराउनुभएको हो । यो चलचित्रको निर्देशन माइकल चन्दले गर्दै हुनुहुन्छ । ‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । चलचित्र एक्सनप्रधान हुने जनाइएको छ ।
‘राम नाम सत्य’बाट चलचित्र निर्देशनमा डेब्यु गर्न लाग्नुभएका माइकलले यसअघि थुप्रै गीतका भिडियो निर्देशन गर्नुभएको छ । त्यही अनुभवलाई उहाँले चलचित्र निर्देशनमा प्रयोग गर्न लाग्नुभएको हो । चलचित्रमा विराज अनुबन्ध भएपछि उहाँले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै लेख्नुभएको छ, ‘यसपटक दर्शकले एउटा भिन्न स्वादको फिल्म हेर्न पाउनुहुनेछ । ‘राम नाम सत्य’ नाम जस्तै फरक र विशेष बन्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच