
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरूपमा निष्ठापूर्णरूपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार उप्रेती आफ्ना पुख्र्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्नु हुँदै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो ।
सो सन्दर्भमा प्रधानमन्त्री ओलीले सजिलोका लागि छन्द, लय र पद्यात्मक शैली छोड्दै जाँदा नेपाली साहित्यको आफ्नोपन हराएको गुनसो गर्नुभयो । उहाँले नेपाली समाज ज्यादै महत्वपूर्ण साहित्यिक परम्पराबाट गुज्रिएर आएको र यसलाई पूनरजीवित गर्नुपर्ने भनाइ राख्नुभएको थियो । ‘उखान, टुक्का यो बुझ्दै, बुझ्दैनन् । म केही कुरा बाहेक सबैमा बिम्बको प्रयोग गर्छु । कतिपय ठाउँमा काव्यात्मकताको चेत कमजोर भएपछि गोलमटोल देखिन्छ । जसलाई पनि उखान, टुक्का देखिन्छ’, उहाँले भन्नुभयो ।
उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा.जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच