
काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग क्लब बाँसबारीले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकका रूपमा भित्र्याएको छ । क्लबका अध्यक्ष प्रेम थापाका अनुसार प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरूप बाँसबारी क्लबलाई १० लाख रुपैयाँ दिने सम्झौता गरेको हो ।
जसअनुसार क्लबले नगद सात लाख र तीन लाख बराबरको खेल सामग्री पाउनेछ । काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्षसमेत रहनुभएका थापा र प्रुडेन्सियल इन्स्योरेन्सका चिफ मार्केटिङ म्यानेजर श्रीराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यस्तै, क्लबलाई आइएमई ग्रुपले सह-प्रायोजन गर्ने भएको छ । उसलाई आइएमईले तीन लाख दिनेछ । क्लबलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले पनि पाँच लाख दिएको छ । अध्यक्ष थापाका अनुसार यो सिजनका लागि ५० लाख बढी खर्च हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच