
काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसिसी कप’ हुने भएको छ । चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्नेछन् ।
काठमाडौं प्रमुख बुढाथोकीले अर्को वर्षदेखि प्रतियोगिता ७७ वटै पालिकाको सहभागितामा बृहत्रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्षको प्रतियोगिताको सफलतापछि अर्को वर्ष हामी यसलाई देशव्यापी बनाउनेछौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच