
काठमाडौं । कुशल भुर्तेलको अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ । एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको हो ।
जितसँगै पुलिसले दुई खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहीन छ । यसअघि पुलिसले लुम्बिनीलाई हराउँदा कोशी, लुम्बिनी र मधेस प्रदेशसँग पराजित भएको थियो । पुलिसले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमै समेटियो । कोशीका लागि सुजन थपलियाले अविजित ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिर्दाेष अन्सारीले १० रन बनाउनुभयो । पुलिसका लागि करण केसीले तीन, कुशल भुर्तेल र ललितनारायण राजवंशीले समान दुई तथा सागर ढकाल, गुलशनकुमार झा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि कुशल भुर्तेलले ७८ बलमा समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गर्नुभयो । यसैगरी दिलिप नाथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले ६१, राशिद खान र अर्जुन साउदले समान ३८, दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुलशनकुमार झाले २१ रन बनाउनुभयो ।
कुशलले पहिलो विकेटका लागि अर्जुनसँग ६९ र चौथो विकेटका लागि दीपेन्द्रसँग ५६ रनको साझेदारी गर्नुभयोे । कोशीका लागि भुपाल लुईटेलले तीन, प्रकाश कार्कीले दुई तथा फिर्दोष अन्सारी, श्रवण किस्कु र दिपेश कँडेलले समान एक विकेट लिनुभयो ।
सुदूरपश्चिममाथि आर्मी हाबी
विभागीय टोली त्रिभुवन आर्मीले प्रदेशको टोलीमाथि आफ्नो दबदबा कायम राख्दै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ । सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि आठ विकेटको फराकिलो जित निकालेको हो । जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्दतले अविजित ५५ रनको योगदान गर्नुभयोे । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाउनुभयो ।
सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गर्नुभयो । सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गर्नुभयो । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाउनुभयो । आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच