
काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी-२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । युगाण्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको हो । १२६ रनको लक्ष्य पछ्याएको नेपाल पाँच विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाउनुभयो । उहाँले ३७ बलमा एक चौका प्रहार गर्नुभयो । पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोड्नुभएको थियो ।
पूजाले १४ बलमा दुई चौका र इन्दुले १५ बलमा एक चौका प्रहार गर्नुभएको थियो । सम्झना खड्का सात बलमा दुई रनमात्रै जोडेर आउट हुनुभयो भने रुविना क्षेत्रीले १६ बल खेल्दा सात रनमात्र जोड्नुभयो । कविता जोशी १७ र ममता चौधरी आठ रनमा नटआउट रहनुभएको थियो । नामिबियाका लागि साइमा तुहादेलेनी, मेकेले मवातीले, विल्का मवातिले समान एक विकेट लिँदा एवलिन केजकुवाले दुई विकेट लिनुभएको थियो ।
त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोड्नुभएको थियो । ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रीन आठ रनमा आउट हुनुभयो । मर्सर्ली गोरासेस चार, सिल्विया शिहेपो एक र एडेल वान जिल शून्य रनमा आउट हुनुभएको थियो । मेकेले मवाति पाँच रन र विल्का मवाती २० रनमा आउट हुनुभएको थियो भने अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहनुभएको थियो ।
चार ओभरमा ४० रन खर्चिनुभएकी ईश्वरी विष्टले तीन विकेट लिनुभएको थियो । रचना चौधरीले चार ओभरमा मात्रै नौ रन खर्चिंदा दुई विकेट हात पार्नुभयो । रिया शर्मा र इन्दु बर्माले समान एक–एक विकेट हात पार्नुभयो । समान चार ओभरमा इन्दुले २० रन र रियाले २६ रन दिनुभयो ।
अब नेपालले युगाण्डासँग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि हङकङसँग दुई रनले पराजित हुँदा युगाण्डालाई एक विकेट हराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच