
काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’ चैत २९ गतेदेखि दर्शकमाझ आउँदै छ । कृषाले चलचित्र ‘पिताम्बर’को कन्सेप्ट उहाँको पहिलो निर्देशन रहेको चलचित्र ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाउनुभएको रहेछ । तर, उहाँले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिनुभयो ।
‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फम्र्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । किनकी ‘एैँचो पैचो’ पहिलो निर्देशकीय चलचित्र भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो फिल्म मेरो मनमा बसेको फिल्म थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्नुहुन्छ ।
कृषा ‘पिताम्बर’लाई भरपुर एक्सन चलचित्र रहेको सुनाउनुहुन्छ । बीचको समयमा एक्सन चलचित्र कम आइरहँदा आफ्नो चलचित्रमा दर्शकले केही फरक पाउने उहाँको बुझाई छ । ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्नुहुन्छ, ‘यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पूरा गरिदिनेछ । किनकि प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’
‘पिताम्बर’ पूर्णरूपमा इन्टरटेनिङ चलचित्र भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने कृषा ठोकुवा गर्नुहुन्छ । ‘दर्शकले एउटा टिकटमा तीन–चारजना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ । पिताम्बरमा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । फिल्मले दर्शकलाई कनेक्ट नै गर्छ’ उहाँ भन्नुहुन्छ ।
संसारमा ‘हृयुमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि हृयुमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीकानुहुन्छ । यो चलचित्र तराईमा छायांकन गरिएको हो । कृषा हृयुमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउनुहुन्छ । ‘तराई भौगोलिक हिसाबले सहज छ । चलचित्रका लागि चाहिने समानहरू भारतबाट ल्याएका छौं । बोर्डरनजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा सुनाउनुहुन्छ ।
कृषाको मनपर्ने जनरा नै एक्सन हो । एक्सन चलचित्रको जस्तो जोश र जाँगर अनि क्यानभास अन्य चलचित्रमा कमैमात्र पाइने भएकाले पनि एक्सनप्रति कृषाको झुकाव रहेछ । कृषाको अनुभवमा ‘पिताम्बर’ उहाँका लागि चलचित्र नभई ‘तपस्या’ हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ । ‘दर्शकले ट्रेलर हेरेपछि यो चलचित्र हेर्छु भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उहाँ बताउनुहुन्छ ।
उहाँले सुटिङको समयमा प्रमुख तीन पात्रलाई एकै ठाउँमा राख्नु, सपोर्टिङ क्यारेक्टर, भिलेनलाई एकै समयमा एउटै फ्रेममा राख्नु सर्वाधिक गाह्रो बनेको सुनाउनुभयो । ‘फिल्मको सबै एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ । कलाकारको समय मिलाउनु एकदमै गाह्रो भयो । मैले यति डिग्रीको किक हान्नुपर्छ, मेरो पात्रले हुन्छ भन्दैमा धेरै हान्न पाउँदैन भन्ने कुरा थियो’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच