
काठमाडौं । प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वरमा रहेको गीतिको भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच मेला रेकर्डिङ स्टुडियोले ‘झण्डै लडेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा श्याम महर्जनको संगीत, विशन मानन्धरको एरेञ्ज र सुवाष कु्थुमी राईको मिक्सिङ एवं मास्टरिङ छ । भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्यप्रधान बनाइएको छ । सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गर्नुभएको छ । किरण र दीपाको जोडीलाई निर्देशक जीवन शाहीले रमाईलो ढंगले भिडियोमा प्रस्तुत गर्नुभएको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।
३० वर्ष बैंकिङ सेवामा रहेर सेवानिवृत हुनुएका प्रतीक विसं २०३४ सालदेखि गीत तथा साहित्य रचनामा सक्रिय हुनुहुन्छ । भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ संगीतकार राजु सिंह, आयोजक मेला रेकर्डिङ स्टुडियोका समीर राईले प्रतिकको रचनासँगै गायिका विनुशा, कलाकारद्वय रातामकै र दीपाश्रीको अभिनय कलाको प्रशंसा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच