
काठमाडौं । तेरिया फौजा मगरलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउने भएका छन् । चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्र ‘मितज्यू’मा तेरिया मगरले अभिनय गर्ने हुनुभएको छ । अभिनेता दयाहाङ राईसँग उहाँले स्क्रिन शेयर गर्नुभएको छ । अनिल बुढामगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित हुनुभएको छ ।
भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लाग्नुभएको हो । उहाँले भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ वेब सिरिजमा अभिनय गर्नुभएको छ ।
जनक घर्तीमगर यो चलचित्रको निर्माताको रूपमा रहनुभएको छ । यही समूहले निर्माण गरेको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङको अभिनय थियो । ‘मितज्यू’ले आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ । चलचित्रको कथा महेश राईले लेख्नुभएको छ । आगामी वर्ष २०८२ को चैत २७ गते यो चलचित्र प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच