
काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा राजधानीमा भएको प्रथम अधिवेशनले रविको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले एसोसिएसनको उपाध्यक्षमा सुशीला थापा, सचिवमा डेभिल सिंह राजपुत, कोषाध्यक्षमा नितु श्रेष्ठ, सहसचिवमा कृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा विशाल पासवान चयन गरेको छ । त्यस्तै सदस्यहरूमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ शेर्पा र रवि लामा तामाङ निर्वाचित भएका छन् ।
संस्थापक अध्यक्ष मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरूको हकहितको लागि सधंै आवाज उठाउँदै संस्थालाई अगाडि बढाउन सबैले महत्वपूर्ण भूमिका खेलेको बताइन् । नवनिर्वाचित अध्यक्ष धमलाले नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेलाई एकताबद्ध गर्ने र भोलिका दिनमा कार्यक्रम आयोजकको हकहितका लागि आफ्नो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच