काठमाडौं । फागु पूर्णिमाको छेको पारेर सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ र विक्की महर्जनको निर्देशन रहेको चलचित्र ‘आउट ल : दफा २१९’ ।
फागु पूर्णिमाको छेको पारेर सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ र विक्की महर्जनको निर्देशन रहेको चलचित्र ‘आउट ल : दफा २१९’ । होलीको दिन पारेर आएका यी चलचित्रले देशभरका मल्टीप्लेक्सहरूले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका थिए । दुवै चलचित्रलाई राम्रो शो मिलेको छ । दुवै चलचित्र फरक–फरक विषयमा बनेका छन् । । ‘आउट ल’ एक्सनप्रधान चलचित्र रहेको छ भने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित छ ‘अञ्जिला’ ।
होलीको दिन पारेर आएका यी चलचित्रले देशभरका मल्टिप्लेक्सहरूले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका थिए । दुवै चलचित्रलाई राम्रो शो मिलेको छ । दुवै चलचित्र फरक-फरक विषयमा बनेका छन् । ‘आउट ल’ एक्सनप्रधान चलचित्र रहेको छ भने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित छ ‘अञ्जिला’ । एञ्जिलाको फुटबलप्रतिको चाह, घरबाहिर निस्कन गरेको संघर्षदेखि काठमाडौं आएर महिला फुटबल टिमको कप्तान हुँदासम्मको कथा यसमा छ ।
‘अञ्जिला’को सोमबार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् । शुक्रबारदेखि सिनेमाघरमा आएको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य चलचित्रका बाबजुद हलहरूले राम्रो संख्यामा शो उपलब्ध गराएका छन् ।
यो चलचित्रको मुख्य भूमिकामा एञ्जिला आफैंले अभिनय गर्नुभएको छ भने अन्य कलाकारमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत हुनुहुन्छ । चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।
निर्देशक चाम्सले नेपाली स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको संघर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताउनुभयो ।
चलचित्रको हङ्कङ, कोरिया, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान र नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो । हलमा प्रदर्शनअघि नै प्रिमियर शोहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकबाट उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ ।
यस्तै, एक्सन जनरामा निर्माण भएको चलचित्र ‘आउट ल : दफा २१९’ले एउटा मुद्दालाई उठान गरेको छ । विक्कीकै लेखन रहेको चलचित्रलाई अमित अग्रहरिले निर्माण गर्नुभएको हो । चलचित्रमा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ । चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेललगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई क्यूएफएक्स, बिग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूबलगायत मल्टिप्लेक्सले सुखद् शोज दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच