काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के ३ इभी र टाटा सफारी वीरगञ्जमा लन्च गरेको छ । वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडी कर्भ इभी, नेक्सन के ३ र टाटा सफारी लन्च गरेको हो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, मधेस प्रदेशका जनार्दन सिंह क्षेत्रीका साथ सिप्रदी ट्रेडिङ प्रालितर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका नेपाल कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थिति थियो ।
सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सिजापतीले भन्नुभयो, ‘वीरगञ्जमा टाटाका नयाँ गाडी लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडी आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्नुहुन्छ । सिप्रदीले सुरुवातदेखि नै बिक्रीपछिको सेवामा जोड दिँदै आएको हो र आज ४४ भन्दा बढी वर्षपछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रीपछिको सेवालाई प्राथमिकता दिएको छ ।’
प्राइम मोटर्सका प्रोप्राइटर सुबोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडी लन्च गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ इभीमा सिंगल चार्जमै लामो दूरीको यात्रा काठमाडौं, भारतको पटना, मुज्जफपुर सजिलै आवतजावत गर्न सकिने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच