काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ ।
प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु पृथ्वीमा फर्किने समय अझै अनिश्चित भएको हो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने तय भएको क्रू १० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्याका कारण रद्द गरिएको नासाले जनाएको छ ।
नासाले अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापानी अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभ स्पेसएक्सको ड्र्यागन क्रू क्याप्सुलबाट बाहिर निस्किएको जानकारी दिदै अर्को प्रक्षेपण मार्च १३ मा साँझ ७:२६ बजे पछि हुने जनाएको छ । नासाले यसको समीक्षा गरिरहेको जनाएको छ ।
मार्च १३ मा क्रू-१० प्रक्षेपण पछि, अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स र बुच विल्मोरका साथै रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभको क्रू-९ मिसन मार्च १७, सोमबार बिहान ९:०५ बजे इएसटी भन्दा पहिले अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने नासाले जनाएको छ ।
क्रू-१० स्पेसएक्सको मानव अन्तरिक्ष यातायात प्रणालीको १०औं क्रू रोटेशन मिसन हो । यो नासाको कमर्सियल क्रू कार्यक्रम अन्तर्गत अन्तरिक्ष स्टेशनमा यसको ११औं क्रू उडान हो, जसमा डेमो- २ परीक्षण उडान पनि समावेश छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच