
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
उसो त नेपाल कला र संस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । ति मध्ये होली पनि एक विषेश पर्व हो । जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
होली खेल्ने दिन भन्दा एक दिन अघि राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।
घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा हिमालदेखी पहाड र तराईदेखि गाउँ हुँदै सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको हाे ।
रंगको पर्व होलीमा कलाकारदेखि सर्वसाधारण नाच्दै गाउँदै एकआपसमा रंग दल्दै मनाइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच