ओखलढुंगा । अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द(परमहंस) स्वामीजी महाराज ओखलढुंगा आउने पक्का भएको छ ।
मोलुङ गाउँपालिका–४, हर्कपुरमा अवस्थित जलजलेश्वर महादेव तथा त्रिवेणीधामको दर्शन गर्नका लागि आउन लाग्नु भएको हो । चैत २ गते शनिबार जलजलेश्वर मन्दिरमा पूजार्चन र अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समिति ओखलढुंगा, मोलुङ्ग गाउँपालिकाले नागरिक अभिनन्दन र जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मीक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।
कालीबाबाको नेपालस्थित रहेको सचिवालयका अनुसार, शनिबार विहान ११ः३० बजे काठमाण्डौबाट ओखलढुंगा प्रस्थान गरिने । दिउँसो १२ बजे ओखलढुंगाको जलजलेश्वर महादेव मन्दिर परिसर स्थित हेलीप्याडमा अवतरण गर्ने । १२ बजेदखि १२ः५ सम्म स्वागत कार्यक्रम तथा महादेव मन्दिर प्रबेश गर्ने । १२ः५ देखि १२ः १५ बजे सम्म १० मिनेट पूजा तथा दर्शन । १२ः१५ देखि १२ः२० सम्म ५ मिनेट अभिनन्दन कार्यक्रम । १२ः२० देखि १२ः३० सम्म १० आशिर्वचन प्रदान गरिने । १२ः३० देखि १२ः३५ बजे बिदाई तथा जन्मथलो सानीटार प्रस्थान गरिने कार्यक्रम तालीका रहेको छ ।
विश्व समाजमा प्रसिद्धि आर्जन गर्नुभएका अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराज साविक वर्णालु गाविस हाल सिद्धिचरण नगरपालिका–५, सानीटारमा जन्मनु भएको हो । जन्मस्थान वर्णालुमा पनि १५ मिनेटको भेटघाट कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । त्यसपछि खोटाङ्गको हलेसी महादेव मन्दिर दर्शन तथा विशेष पूजा र गुम्बा दर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच