झापा । मध्यान्तरसम्म तीन-शून्यले पछि परेको अवस्था उल्टाउँदै लिगलिडर चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । यो चर्च ब्वाइजको अहिलेसम्मकै जादुमयी खेल हो । बिहीबार काँकडभिट्टा खेल मैदानमा भएको सेमिफाइनल खेलमा लिग उपविजेता मच्छिन्द्रविरुद्ध चार-तीन गोल अन्तरको रोमाञ्चक जित दर्ज गर्दै चर्च ब्वाइज फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । उपाधिका लागि आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ र चर्च ब्वाइज आमनेसामने हुनेछन् ।
बिहीबारको खेलमा मच्छिन्द्रले ३०औँ मिनेटमा पहिलो गोल गरेको थियोे । पेनाल्टी एरियाबाट विदेशी खेलाडी युसुफ मलिकले सो गोल गर्नुभएको हो । ४३औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाएको थियो । सो गोल अर्का विदेशी खेलाडी एन्द्रेस नियालेले गर्नुभएको थियो । त्यसको एक मिनेट नबित्दै फेरि युसुफले गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्याउनुभयो । यद्यपि मच्छिन्द्रले नराम्रोसँग खेल हार्यो ।
चर्च ब्वाइजका लागि खेलको ६१औँ मिनेटमा विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल गर्नुभएको थियो । ६९औँ मिनेटमा फकुन्लेले नै अर्को गोल थप्नुभयो । विदेशी खेलाडी रिचार्ड विल्सनले ७८औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरी स्थितिमा पु¥याउनुभएको थियो । खेलको ८७औँ मिनेटमा फकुन्लेले हृयाट्रिक पूरा गर्नुभएको थियो ।
यो प्रतियोगिताकै पहिलो हृयाट्रिक हो । फकुन्लेको सो गोलसँगै चर्च ब्वाइजको फाइनल यात्रा पक्का भएको हो । खेलको प्लेयर अफ द म्याच हृयाट्रिक पूरा गर्नुभएका फकुन्ले बन्नुभयो । उहाँले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेताले १० लाख, ट्रफी र मेडल पाउनेछ । उपविजेताले पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले नगद २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान २१ हजार, उदीयमान खेलाडीले नगद ११ हजार प्राप्त गर्नेछन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर