
✍️ कपिल अर्याल
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको मौका छोप्दै आमनागरिकलाई शुभकामना वक्तव्य जारी गरे । शुभकामना यो भन्दा अगावै पनि विशेष परिस्थिति र विशेषकालमा दिने गरेकै थिए । तर, यो पटकको शुभकामना वक्तव्यमा असन्तुष्टिका अनेकौ रंग भर्दै आमनागरिकलाई आफूलाई सघाउने बेला आएको भाष्य प्रयोग गर्नसमेत भ्याए । यसैको जगमा राजासंस्थाका समर्थक विभिन्न राजसंस्थासम्बन्धी कार्यक्रममा पछिल्लो समय सक्रिय भएको देखिन्छ । सोही अनरूप आइतबार पोखरादेखि निर्मल निवास आउने क्रममा राजावादी समर्थकले पूर्वराजालाई स्वागतका लागि भव्य नै तयारीका साथ स्वागतसम्म गर्न भ्याएका छन् । यसले राजावादीलाई त उत्साहित गरायो गरायो, राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चार जगतसमेत तंरगित भएका हामीले अनुभव गर्ने अवसर पायौं ।
हाम्रा नेतागणहरू राजाको वक्तव्यमा किन तर्सिछन् ताजुवको विषय बनेको छ । एउटा सामान्य वक्तव्यले लोकतन्त्र र गणतन्त्रको शिर किन भुकाइरहेको छ ? वा किन तर्साइरहेको छ ? यो चाहिँ अनौठो विषय बनेको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दुई दशक हुन लागिसकेको छ, संविधान घोषणासमेत भएको एक दशक हुन लागेको छ नेपाल अस्थिरताको चंगुलबाट भने बाहिर निस्किन सकेको छैन । यही अस्थिरतालाई उपभोग गर्दै विभिन्न आवरणमा शक्तिसंघर्ष चलिरहेका छन् । यस्ता शक्तिसंघर्ष खासगरी कहिले राजतन्त्रको नाममा त कहिले जनवादी केन्द्रीयताका नाममा त कहिले उन्नत लोकतन्त्रका नाममा वा संविधान संशोधनका नाममा । कहिले काही जातिवादी, नष्लियवादी, धर्मवादी विषयमा पनि आन्दोलन नभएका होइनन । कुनै न कुनै वहनामा आन्दोलन, शक्ति प्रदर्शन, आमहड्ताल हाम्रा दैनिकी भएका छन् । शान्ति, स्थाइत्व र धैयर्ता आमनागरिकले महसुस नै गर्न पाएनन् जसका कारण आमनागरिक मौजुदा व्यवस्थाका सञ्चालकहरूप्रति त्यति सन्तुष्ट देखिँदैनन् ।
उपजको रूपमा वितृष्णा र विकृति अनेक तवरले मौलाएका छन् । प्रदीपकुमार राई (व्याकुल माइला)ले रचना गरेको राष्ट्रिय गानमा ‘सयौं थुगा फूलका हामी एउटै माला नेपाली’ भनिए पनि व्यहारमा एकताका साटो हामीबीच किन विभाजन भइरहेको छ यो सोचनीय विषय छ । हाम्रा नेतागणहरू राजाको वक्तव्यमा किन तर्सिछन् ताजुवको विषय बनेको छ । एउटा सामान्य वक्तव्यले लोकतन्त्र र गणतन्त्रको शिर किन भुकाइरहेको छ ? वा किन तर्साइरहेको छ ? यो चाहिँ अनौठो विषय बनेको छ । आइतबारको पूर्वराजाको आफ्नै निवास फिर्तासवारीमा स्वागतका लागि हजारौं राजा शुभेच्छेकको उल्लासमय उपस्थितिलाई कसरी र कुन अर्थमा विश्लेषण गर्ने भन्ने कुराको अहिल बहसको चुरो कुरा भएको छ ।
यसरी मुलकुले कहिलेसम्म हारिरहने ? आमनागरिकको आवश्यकता कहिले पूर्ति हुने ? शान्ति, स्थाइत्व र सत्मार्गको यात्रा कहिलेदेखि सुरु हुन्छ ? सरकार आमनागरिका विषयमा गम्भीर नहुँदा देशले दुःख पाइरहेको छ ।
वास्तवमा इतिहासका कालखण्ड पल्टाउने हो भने कुनै तन्त्र वा विचार गलत हुँदैन गलत त केवल शासक हुँदोरहेछ । बेलावखत अखवारमा सुन्न पाइन्छ नि चप्पल लगाउनेहरू आज आलिसान महलमा कसरी बसिरहेका छन् ? जनताको अवस्था जस्ताको त्यस्तै नै छ । आखिर राजतन्त्र पनि त जनताले देखेकै हुन् तर फेरि पश्च्यगमनतर्फ किन आकृषित छ जनताहरू ? आमजनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नेतागणले बुझाउन नसकेको भान हुन्छ । अर्को कुरा जनताका जनजीविकाका सवालमा तत्कालीन समस्या सम्बोधन गर्न नसक्नु जनताको नैरास्यता वृद्धिको कारण हो जस्तो लाग्छ ।
रमाईलो कुरा त जनताका जीविकाका सवालमा एक ठाउँ उभिने नसकेका नेताहरू महाराजको एक वक्तव्यमा एक ठाउँमा उभिएका छन् । पूर्व–पश्चिम लङ मार्च पासमा निस्केको माओवादीले त प्रतिगामी सल्बलाए भन्दै निर्धारित कार्यक्रम नै स्थगित गरी राजधानी फर्किएको छ । प्रधानमन्त्री ओलीसमेतले आइतबारको शक्ति प्रदर्शनका विषयमा कटाक्ष गरिरहेका छन् । अन्य नेतागणसमेत फुक्ला तर्कले समाज अचम्भितमात्र होइन त्रसित नै देखियो । अब केही दिनमा यो विषय सामसुम हुनेछ त्यसपछि सत्ता एकाअर्काको दोषारोपणमा केन्द्रित हुनेछ । गालीगलोज, आरोप÷प्रत्यारोपमा फेरि उही पुरानै प्रवृत्ति हावी हुनेछ । फेरि दिन विशेष पारेर महाराजको वक्तव्य जारी हुन्छ यिनीहरू एक ठाउँमा उभिने छन् । यसरी मुलकुले कहिलेसम्म हारी रहने ? आमनागरिकको आवश्यकता कहिले पूर्तिहुने ? शान्ति, स्थाइत्व र सत्मार्गको यात्रा कहिलेदेखि सुरु हुन्छ ? सरकार यी विषयमा गम्भीर हुन जरुरी छ । शुद्धोधन-४ रूपन्देही ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच