
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमका वासिन्दाहरुले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानीहरु गाउँपालिकामा दर्ता गरेर सञ्चालन गर्न पाउने भएपछि खुसी भएका छन् ।
रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा,पाखो र खरबारीमा घर छाउनी ढुङ्गा,स्लेट र औषधीजन्य जडिबुटीको खानी नै भए पनि सञ्चालन सम्वन्धि कार्यविधिको अभावमा अलपत्र परेका ती स्रोतहरु अव भने सञ्चालन हुन थालेका छन् ।
गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न मिल्ने भएको हो । ऐत पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पूरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताउनुभयो ।
यहाँको पाखो तथा निजी जग्गामा विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेका छन् । ती ढुङ्गा खानीलाई व्यवस्थित रुपमा संचालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिनुभयो ।
“यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ” उहाँले भन्नुभयो । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो ।
केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची लगाएतका जिल्लाका विभिन्न गाउँहरुबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । मालिका गाउँपालिकाको वडा नं १, २ र ३ मा घर, भवन छाउन, भुई र आगनमा विछ्याउन प्रयोग हुने स्लेटका खानीहरू छन् ।
कानुनको अभावमा स्लेट खानीहरू परम्परागत रूपमा उत्खनन् हुँदै आएका छन् । स्लेट खानीको ढुङ्गाको प्रयोग गरेर विदेशबाट टायलको आयात घटाउन सकिने सम्भावना छ । स्थानीयवासीले रोजगारी र आयआर्जनको अवसर सिर्जनाका लागि ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच