
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको २६ औं फ्लोरा एक्स्पोमा अवलकोनकर्ताहरुको भीड लागेको छ ।
चैत्र १ गतेदेखि शुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको हो ।
मेलाका संयोजक एवं फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङले फूलप्रेमीहरुको उपस्थिति धेरै नै राम्रो रहेको र एकैदिन ९ हजार ५ सय जना व्यक्तिहरुले मेलाको अवलोकन गरेको बताउनु भयो ।
मेलामा भीडभाड रहेको र अपेक्षा लिएको भन्दा धेरै आउने कुराले खुशी लागेको बताउनु भयो । ४ दिनमा ६० हजार भन्दा बढीले अवलकोन गर्ने र एक करोड बढी कारोबार हुने आँकलन रहेको बताउनु भयो ।
शुक्रवार एकैदिन साढे १७ लाख रुपैयाँको कारोबार भइसकेको बताउनु भयो ।
मेलामा विगतको भन्दा विशेष फूलहरु रहेको बताउनु भयो । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरा एक्स्पो गरिएको आयोजकको भनाइ छ । एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच