
वासिंटन । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आप्नो विशाल स्टारशिप रकेट मंगलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मंगल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो ।
‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मंगल ग्रहका लागि प्रस्थान गर्छ । यदि ती अवतरण राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ’, मस्कले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गतवर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गर्नुभएको थियो ।
उहाँले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताउनुभएको छ । ‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारशिप अन्ततः पूर्णरूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।
नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । स्पेसएक्सले ती मिसनहरू पूरा गर्नुअघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन-आर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्वपूर्ण छ ।
स्पेसएक्सले यसै महिना ‘स्टारशिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विष्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच