
नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।
अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए । एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यानलगायत भविष्यका अभियानहरूको सहज सञ्चालनका लागि मार्ग प्रशस्त गर्नेछ ।
इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बंगालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू-एसडिएक्स ०१ र एसडिएक्स ०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान (पिउस्एलभी-सी६०) प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।
‘डक गरिएका उपग्रहहरूको इन-अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेसनमार्फत निगरानी गरिएको’, इसरोले जनाएको छ । ‘अनडकिङको यो प्रमुख कोशेढुंगा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहसँग थप प्रयोगको योजना बनाइएको छ’, एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच