
काठमाडौं । चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डमा ‘चलचित्र उत्सव’ सम्पन्न भएको छ । हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलनअन्तर्गत आयोजना गरिएको उक्त उत्सवमा नेपाली ‘चलचित्रमा भाषा’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम तथा चर्चित नेपाली उपन्यास ‘बसाइँ’ मा आधारित चलचित्र ‘बसाइँ’ को विशेष प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा आयोजित ‘चलचित्रमा भाषा’ विषयक अन्तक्र्रियामा चलचित्रमा प्रयोग गरिने भाषा तथा चलचित्रले भाषाको विकासमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । डा.घनश्याम खतिवडाको सहजीकरणमा भएको कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, डा.रमेश भट्टराई र डा.बिन्दु शर्माले धारणा राख्नुभएको थियो ।
चलचित्र विकास बोर्डले उक्त उत्सवले नेपाली चलचित्रको भाषा, साहित्य, र सांस्कृतिक प्रभावलाई थप उजागर गर्ने विश्वास व्यक्त गरेको छ । साथै, हिमवत्खण्ड क्षेत्रका मुलुकहरूसँग नेपाली चलचित्रको सम्पर्क विस्तार गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ । हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन तीन दिनसम्म चल्नेछ, जसमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, भुटान, र थाइल्याण्डका प्रतिनिधिले भाग लिनेछन् ।
कार्यक्रमलाई हिमवत्खण्ड क्षेत्रका भाषा, संस्कृति, सभ्यता तथा परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले आयोजना गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच