
(६) पहिरे गोठमा भूतसँग भेट :
बाँसझाँग वरिपरि, गहिरो एकान्तखोला, धामीले चढाएको मूर्ति र बाती, ठूला ढुंगा, मुर्दा लैजाने बाटो, पुराना घरहरू, तल स्मशानघाट आदिमा भूतले तर्साउने कुरा बालमस्तिष्कमा परेको थियो । तर्साउनु परेमा भूत आउँछ भनिन्थ्यो तर भूत त कसैले देखेको हुँदैन । तैपनि भय मनमा निकाल्नै नसकिने गरी बसिरहेको हुन्छ । दिनभरि विद्यालय पुग्ने, फुर्सदमा ससाना ढुंगाका टुक्राको गट्टा खेल्ने, ग्याम भनेर केही ढुंगाको वा माटोका डल्लाको माने जस्तो बनाएर थोत्रा कपडाले सिएको बलले हिर्काएर ढाल्ने र पुनः जोड्ने खेल खेल्ने, रुमाल चोर आदि खेल हुन्थे । यी सबै फुर्सदका कामहरू थिए । बिस्तारै तासका पत्तीसमेत चिन्न र केही खेल हामी साथीहरूले जानिसकेका थियौँ । बिदा भएको र गुरुबा नभएको रातमा भने हिउँदमा गोठमा सुत्न जाने गरिन्थ्यो ।
गोठ त नजिकै बारीमा नै हुन्थे । साना बाच्छा, पाडाहरू वा खसीबाख्राहरू भकारा वा टाट्नामा छन् भने राति गोठमा सुत्ने चलन थियो । अँगेनु बनाएर टन्न दाउरा बालेपछि स्याल वा चितुवाको डर हुँदैनथ्यो । क्रमशः चितुवा त हराउँदै थिए । निगालेको बिगबिगी भने लप्सीको कारण पर्याप्त हुन्थ्यो । त्यस दिन पहिरे बारीको हाम्रो गोठमा नारद, कलानिधि र मेरो जम्मा हुने, तास खेल्ने र सुत्ने योजना थियो । हिउँदको चिसो तर पनि हामी कहिले बाहिरै ढोड बालेर त कहिले भित्रै ओच्छ्यानमा बसेर तास खेलिरहेका कि गफ गरिरहेका हुन्थ्यौँ । पाठ छ भने पहिले पाठ घोक्थ्यौँ ।
भूत भनेर निकैबेर कराउँदा-कराउँदा थकित भयौँ हामी र बिस्तारै टाट्नातिर आँखा पुर्यायौँ । सानो तारी गाईको बाछो फुकेको रहेछ । ऊ पहिले ओच्छ्यानमा आएछ । हामीमा आएका खुट्टा उसैका रहेछन् । विचरा हामी कराएपछि लुसुक्क टाट्नातिर लुक्न पुगेछ । बिस्तारै बाहिर निस्कियो ।
नारद र मेरो घरसँगै भएको हुनाले त्यो साँझ हामी केही लुगा बोकेर घरबाट पैरे गोठमा हिँड्यौँ । घरअगाडि सानो खोल्सो छ बुके खोला । खन्युँको फेददेखि सुरु भएको भूतभय पारि रामपुरेका घर नपुगेसम्म हामीलाई सताइरहन्थ्यो । अनि भूत भगाउन कराउँदै, देवीभागवत, रामायणका श्लोक गाउँदै, कुद्थ्यौँ । घरबाट सुठुनी, फर्सी, मकै खाएर हामी गोठ हिँड्यौँ र कराउँदै खोल्सामा पुगेका मात्रै थियौँ बुकेलीको बाँस झाँङमा ढुंगा हानेको आवाज आयो । अनि सुसेला पारेको सुनियो । हामी कराउन लाग्यौँ भूत, भूत, भूत र कहालिँदै घरतिर दगुर्यौँ । तर, तुरुन्त नै पौडेल मीनकुमारको स्वर आयो : न डराओ केटा हो मैले पो जिस्काएको हुँ । उहाँ पारिबाट खित्का छाडेर हाँस्नुभयो तर हाम्रा खुट्टा कामिरहेका थिए ।
पुनः हामी फर्कियौँ र पैरे गोठमा पुग्यौँ । गोठमा पुग्नासाथ कलानिधिलाई कलास्यौँ । हाम्रो गोठ नजिकै उनीहरूको घर थियो । तुरुन्त कलानिधि आयो । गोठ बसेको गरोमा हाम्रा हजुरबाको घर रहेछ । गारोको अवशेष त मैले पनि देखेको हुँ । त्यही घरमा विसं १९७३ सालको कुशेऔंसीका दिनमा हजुरबा र हजुरआमाको परलोक यात्रा भएको रहेछ एकैदिन । घडेरीको त्यो स्थानमा गोठ भएको हुनाले हामीलाई भूतको डर त सदा थियो नै । काँचा सुठुनी थिए गोठमा । आगो बाल्यौँ र पोल्यौँ सुठुनी । पोलेको आलु र सुठुनी असाध्य स्वादिष्ट हुन्छन् तर डढ्नु हुँदैन । पोलेका मकै पनि त्यतिकै स्वादिष्ट लाग्छ मलाई तर डढ्यो भने स्वाद हराउँछ ।
हामीले पोलेका सुठुनी मज्जासँग खायौँ । घरमा टन्न खाएर आएको भए पनि जाडो समयमा सुठुनी थप रुचिकर भयो । अनि नारद र कलानिधिका बीचमा कुस्ती प्रतियोगिता सुरु भयो । म गोठमूली अँगेनापट्टि सुत्ने भएँ । भित्तातिर सुत्नेलाई भने चित्राको चेपबाट आउने चिसो हावा र पूरा सिरक नपुग्ने समस्याले माझमा सुत्न प्रतियोगिता हुन्थ्यो । जसले कुस्तीमा जित्छ त्यसैले माझमा त्यस दिन सुत्न पाउने र जो हार्छ उसले भित्ताको सिरेटोको सामना गर्नुपर्ने । आज पनि कुस्ती भयो । सदा झैँ नारदले जितेर माझमा सुते । छेउमा आगो पनि भएको हुनाले म सकेसम्म भित्तामा सुत्नेलाई सिरक पुगोस् भन्नेमा सचेत हुन्थे ।
हामी भुसुक्क निदाएको समय अकस्मात् केही आएर हामीमाथि चढेको अनुभव भयो । तीनैजनाको निद खुलेछ । के आयो के आयो थाहा भएन । खुट्टातिर हेर्दा सानो कुखुरा जस्तो केही वस्तु टाडो भएको देखियो । यो देख्नासाथ हामी तिनैजना एकोहोरो भूत कि भूत भन्दै कराउँन लाग्यौँ । एकोहोरो हामी कराइरहृयौँ । पैरे खोल्सापारि गोठमा सुतेका कलानिधिका अन्तरे दाजु विष्णुले सुन्नु भएछ । उहाँले पारिबाट धेरै पटक हामीलाई के भयो भनेर सोध्नु भए पनि एकोहोरो चिच्याएको कारण उहाँले सुन्नुभएन छ । राति अन्धकार भएकाले खोल्सो तरेर आउने अवस्था उहाँको भएन ।
निकैबेर कराउँदा-कराउँदा थकित भयौँ हामी र बिस्तारै टाट्नातिर आँखा पुर्यायौँ । सानो तारी गाईको बाछो फुकेको रहेछ । ऊ पहिले ओच्छ्यानमा आएछ । हामीमा आएका खुट्टा उसैका रहेछन् । विचरा हामी कराएपछि लुसुक्क टाट्नातिर लुक्न पुगेछ । बिस्तारैबाहिर निस्कियो । एउटा समस्याको त हल भयो । अनि खुट्टापट्टि बिस्तारै आँखा पुर्यायौँ कुखुरा जस्तो ठडिएको वस्तुमा । त्यो त हामीले ओच्छ्याएको राडीको टुप्पो छेस्कामा अड्किएको रहेछ । त्यसपछि सुरु भयो हाम्रो हाँसो । पहिल्यै राम्ररी हेरेको भए बाछो र राडीको चुरो कुरो थाहा हुन्थ्यो । त्यसो नगर्दाको परिणाम भूतआतंकको सामना गर्नुपर्यो । रमाइलो छैन त कथा ?
(७) केराउ चोर्ने चतुर तरिका :
हिउँदमा पैरे गोठ बस्दा हाम्रो विशेष अभियान हुनेगथ्र्यो । हामी तीन जना नारद, कलानिधि र मेरो । सुरुसुरुमा बारीमै बसेर हरिया केराउ खाने र बिस्तारै सुकेपछि छानामा मुठा पारेका केराउको चोरी गर्ने । बिगुटारमा केराउ त्यति फल्दैनथ्यो । खेतीका नाममा कोदो, मकै, केही फापर, अलि तल हृयाकुले, चोक्टे, भँगेरी पुछार, रक्तेपु र पिल्पु पुछारमा खेत थिए । हाम्रो पहिरेमा पिताजीले बाँझो खरबारी बिरान गरी खेत बिराउनु भएको थियो तर दुई दिन हलोको मेलो भए पनि धान भने एक वा दुई मुरीभन्दा बढी फल्दैनथ्यो । सुठुनी, पिँडालु, केही थोरै आलु जस्ता कन्दमूल ।
केराउ सुकेपछि उखेलेर मुठा बनाउने अनि छानामा राख्ने चलन थियो । एक दिन हामीले बुइगले माइला काकाको छानामा राखेका केराउका मुठामा आँखा लगायौँ । बाटाको घर थियो । बुइगले माइल्यामा असाध्य फरासिली हुनुहुन्थ्यो । जति अभाव र अपुग भए पनि सदा प्रसन्न । उहाँका अनुहारमा कहिल्यै अप्रसन्नता देखिँदैनथ्यो ।
निबुवा, कागती, ज्यामिर, नासपाती, स्याउ (गाउँले) आरुवखडा, आरू, बिमिरो, अम्बा, सुन्तला, चुचे करेला, इस्कुस, काँक्रा, फर्सी आदि हुन्थे । जंगलमा चुथ्रो, ऐँसेलु, काफल, भुइँऐँसेलु जस्ता फलफूल र सरो, मकैसाग, सिस्नु, निगुरो आदि तरकारी पाइन्थ्यो । हुन त मौसम अनुसार खन्युका पाकेका दाना, दुधिलाका दाना, निभाराका दाना, वरका दाना, गोलकाँक्री, जिम्मु, किम्बु, कटुस, घँगारु पनि पाइन्छन् । लप्सीका अनेक बोटहरू हिउँदमा लटरम्म हुन्छन्, खास उपयोगमा हुँदैन । निगाले चितुवाको आहारा हुने गथ्र्यो लप्सी ।
हिउँदे हरिया ताजा केराउको स्वाद बेग्लै हुन्छ । नारद, कलानिधि र मेरो हिउँदेगोठ आकर्षणको एक महत्वपूर्ण कारण थियो ः केराउ । पहिरेकोे बारीमा सुत्न गएपछि जब अलि राति हुन्छ अनि हामी केराउ खाने योजना बनाउँथ्यौँ । हाम्रा गाउँमा तोजिङ महाजनको बारी, द्वारेकाइला बा र डिठ्ठाको बारी, तबिल्दारको बारी, बीचमा ठूला घरेको बारी, यता आएपछि कुनै समयमा घिमिरे, सापकोटा, धनपति बा, रामपुरे माइला बा, बुइगले र बुकेलीका बारीमा केराउ लगाउने गर्थे । एक वा दुई गरामा मात्रै हुन्थ्यो केराउ ।
केराउ रोपेपछि कोदो रोप्न नमिल्ने भएकोले कमै हुन्थ्यो केराउ । भटमास पनि लगाउने प्रचलन थियो तर असाध्य कम फल्ने । हामी हरियो छ भने बारीमा खर्क लगाएर अघाउँजी खान्थ्यौँ । अनि केराउका खाली बोट बोकेर मालीगाईलाई दिन्थ्यौँ । केही मुठा हुन्थे ती । रातभरिमा चपाइसक्थ्यो गाईले । बिहान सामान्य । कसैलाई पनि थाहा हुँदैनथ्यो । पाकेर उखेल्ने समयमा मात्रै पातलो फलेको भनेर चित्त बुझाउने गर्थे खेतीवालहरू । यसरी बुकेली, पैरेली, रामपुरे र सापकोटाका बारीका केराउ धेरै पटक बारीमा नै बसेर खाने र चोर्ने काम गर्यौँ हामीले ।
केराउ सुकेपछि उखेलेर मुठा बनाउने अनि छानामा राख्ने चलन थियो । एक दिन हामीले बुइगले माइला काकाको छानामा राखेका केराउका मुठामा आँखा लगायौँ । बाटाको घर थियो । बुइगले माइल्यामा असाध्य फरासिली हुनुहुन्थ्यो । जति अभाव र अपुग भएप नि सदा प्रसन्न । उहाँका अनुहारमा कहिल्यै पनि अप्रसन्नता देखिँदैनथ्यो । हुन त बुइगले कान्छ्यामा पनि उत्तिकै रमाइली र फरासली हुनुहुन्थ्यो । उहाँकोमा हामी कलानिधि र म चाहिँ खीर खान पुग्थ्यौँ । काका आफैँ सहयोगी र दिलेर ।
पैरेको गोठमा सुतेका थियौँ । बारीका केराउ सकिइसकेका थिए तर बुइगले माइलाबाको छानामा केराउ छँदैथिए । योजना बन्यो र भाटो लिएर निस्कियौँ । लामो भाटाले छानाको केराउका मुठा तान्न सकिन्थ्यो । बुइगलेको घरमाथिको गराबाट हामीले केराउका मुठा तान्यौँ तर यो घर हाम्रा लागि अत्यन्त प्रिय पनि थियो । केराउ झिक्दै गर्दा हामी मरिमरी हाँस्न लाग्यौँ तर कोही पनि उठेनन् । हामी केही मुठा बोकेर पैरे गोठतिर लाग्यौँ र मज्जासँग केराउ चपायौँ । भोलिपल्ट बिहानै गोठबाट फर्कँदा अलि असजिलो भयो किनभने बुइगले माइलाबाको आँगन नै हामी हिँड्ने बाटो थियो । राति केराउ चोरेको थाहा पाएका भए ? मनमा अलि नमज्जा अनुभव भयो ।
म बिस्तारै दूधको दुधेरो बोकेर अगाडि आँगनमा पुगेँ । माइल्यामा हाँस्दै दलानमा आउनुभयो र भन्नुभयो : हिजो राति हाम्रा घरमा चोर आएछन् । चोर त तीनजना थिए तर लैजाने बेलामा दुई मुठामात्रै लगेछन् । कति दुब्ला चोर रहेछन् । उहाँ यसो भन्दै हाँस्न थाल्नुभयो । स्पष्ट थियो : उहाँहरूले हाम्रो कर्तुत थाहा पाएको हो भन्ने । माइलाबा पनि आउनुभयो । अनि भन्नुभयो : तिमी बज्याहरू मागेको भए त दिइहाल्थ्यौँ नि । राति चोर्नुपथ्र्यो र ? केही छिन्मा कलानिधि पनि आयो । अनि त रमाइलो हुने नै भयो । उहाँहरूलाई खास चासो थिएन । चोरे पनि प्रेमपूर्वक उहाँहरू लिनुहुन्थ्यो । तर यो घटनापछि हाम्रो केराउ अभियान भने बन्द भयो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच